समाचार
१ नं. वडाको विवरण
वडा नं. १ चुचुरे गोकुगंगा गाउँपालिकाको उत्तरी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको वडा हो । गोकुगंगा गाउँपालिकाको कार्यालयबाट करीब २० किलोमिटर को दुरीमा वार्ड नं.१, चुचुरेको वडा कार्यालयको केन्द्र रहेको छ । साबिकको चुचुरे गा.बि.स. हाल गोकुलगंगा गाउँपालिकाको वडा नं. १ को रुपमा रहेको छ । यो वडामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस वडामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ ।
बिद्यालयको विवरण:
श्री जट्टेश्वरी माध्यमिक विद्यालय
श्री सेतीदेवी माध्यमिक विद्यालय
श्री शिव आधारभूत विद्यालय
स्वास्थ्य संस्थाको विवरण:
चुचुरे स्वास्थ्य चौकी
शिवालय सामुदायिक स्वास्थ्य केन्द्र
धार्मिक तथा पर्यटकीय क्षेत्र:
पाँचपोखरी जट्टापाेखरी
कृषि तथा पशुपालन व्यवसाय:
किवीखेति, आलुखेति, जडिबुटी, चौरीगाइपालन