FAQs Complain Problems

१ नं. वडाको विवरण

गोकुगंगा गाउँपालिका नेपालको बागमती प्रदेश, रामेछाप जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय क्षेत्रका रुपमा तांबे डाँडा र पाँचपोखरी क्षेत्रहरु रहेका छन् । जडिबुटी तथा जलबिधुतको प्रचुर सम्भावना बोकेको गाउँपालिकामा यस गाउँपालिका पर्दछ ।

बिद्यालयको विवरण: 

श्री जट्टेश्वरी माध्यमिक विद्यालय
श्री सेतीदेवी माध्यमिक विद्यालय
श्री शिव आधारभूत विद्यालय

स्वास्थ्य संस्थाको विवरण: 

चुचुरे स्वास्थ्य चौकी
शिवालय सामुदायिक स्वास्थ्य केन्द्र

धार्मिक तथा पर्यटकीय क्षेत्र: 

पाँचपोखरी जट्टापाेखरी

कृषि तथा पशुपालन व्यवसाय: 

किवीखेति, आलुखेति, जडिबुटी, चौरीगाइपालन

Elected Official

//