समाचार
वडा नं. ३ रस्नालुको विवरण
वडा नं. ३, रस्नालु गोकुगंगा गाउँपालिकाको उत्तरी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको वडा हो । गोकुगंगा गाउँपालिकाको केन्द्र रहेको वडा कार्यालय गाउँपालिका कार्यालयबाट करीब ३ किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुको वडा कार्यालयको केन्द्र रहेको छ । साबिकको रस्नालु गा.बि.स. हाल गोकुलगंगा गाउँपालिकाको वडा नं. ३ को रुपमा रहेको छ । यो वडामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस वडामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ ।