समाचार
वडा नं. ४ बेतालीको विवरण
वडा नं. ४, बेताली गोकुगंगा गाउँपालिकाको उत्तरी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको वडा हो । गोकुगंगा गाउँपालिका कार्यालयबाट वडा कार्यालय करीब ५ किलोमिटर को दुरीमा वार्ड नं.४, बेतालीको वडा कार्यालयको केन्द्र रहेको छ । साबिकको बेताली गा.बि.स. हाल गोकुलगंगा गाउँपालिकाको वडा नं. ४ को रुपमा रहेको छ । यो वडामा अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस वडामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई धर्म मान्नेहरुको बाहुल्यता छ ।