FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, , , ,

आ.व. २०७६/७७ को लागि स्वीकृत विकासका योजनाहरुलाई प्रभावकारी र पारदर्शी ढंगमा संचालन गर्ने उदेश्यका सबै वडाका योजनाका उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्ष ज्युहरुको १ दिने अभिमुखीकरण कार्यक्रम/गोष्ठी सम्पन्न |

प्रदेश सरकार प्रदेश न.. ३ उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम र कार्यक्रम कार्यन्वयन कार्यविधि, २०७६ अनुसार यस सूचना बमोजिमको मापदण्ड भित्र रही तोकिएको ढाँचामा दर्खस्त दिनुहुन सम्बन्धीत सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

यस गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा तहमा गठन भएका योजना उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष समेत संग १ दिने योजना सम्बन्धी अभिमुखीकरण गोष्ठि कार्यक्रमको आयोजना गरेको हुँदा वडा नं. ६, ५ र ४ को लागि मिति २०७६ कार्तिक २१ गते र वडा नं. १, २ र ३ को लागि २०७६ कार्तिक २२ गते विहान १० बजे गाउँपालिकाको सभाहलमा अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।

, , , ,

कक्षा १ देखि ५ कक्षा सम्मको स्थानीय पाठ्यक्रम विकास गर्ने उदेश्यका साथ गोकुलगंगा गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास समाज/ समुदाय तथा बिद्यालयमा आधारित विपद, उत्थान्शीलता अभिबृदी परियोजनाको सहयोगमा २ दिने कार्यशाला  गोष्ठी पाठ्यक्रमका क्षेत्रहरुमा कार्यदल गठन गर्दै सम्पन्न भएको छ | कार्तिक १ र २ गते सम्म चलेको कार्यशालामा विभिन्न पाठ्यक्रमका क्षेत्रहरुमा छलफल गरि सबै क्षेत्रहरुको कार्यदल गठन गर्दै सम्पन्न गरिएको छ |पाठ्यक्रमका क्षेत्रहरु :स्थानीय तह तथा परिचय, कृषि, पशुपन्क्षि पालन, विपद तथा जलवायु परवर्तन, स्थानीय पर्यटकीय तथा धार्मिक स्थल, वन तथा वन्यजन्तु, स्थानीय उद्योग तथा ब्यबसाय, स्थानीय प्राकृतिक श्रोत, स्थानीय संस्कृति रहेका छन् |

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारद्धरा मिति २०७६/०५/१७ गते प्रकाशित एम.आई.एस. अपरेटर(राजपत्र अनङ्कित प्रथम श्रेणी सरह)  पदमा खुल्ला प्रतिस्पर्धाद्धरा करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्रानको सूचना वमोजिम पेश हुन आएका उम्मेद्वारहरुका शैक्षिक योग्यता, तालिम, कार्यानुभव लगायतका कागजातहरुको आधारमा सेवा इकाईका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारको मिति २०७६/०६/१७ को निर्णयनुसार संक्षिप्त सूचिमा परेका उम्मेदवारहरुका लागि कम्प्युटर सीप परिक्षण हुने भएको हुँदा तल उल्कोलेखित पाठ्यक्रम बमोजिम तयारी गर्नु हुन अनुरोध छ |

Pages

//